दफा १५
सम्पत्ति फिर्ता पाउने अधिकार
(१) अनुसन्धानको सिलसिलामा वा प्रमाणको लागिनियन्त्रणमा लिएको पीडितको सम्पत्ति अनुसन्धान कार्य पूरा भएपछि यथाशीघ्र सम्बन्धितअनुसन्धान अधिकारीले पीडितलाई फिर्ता गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम नियन्त्रणमा लिएको सम्पत्तिलाई प्रमाणको लागिअदालत समक्ष पेश गर्नु पर्ने भएमा वा सम्पत्तिको स्वामित्व वा भोगको विषयमा विवादभएमा विवाद टुङ्गो लाग्नु अगावै सम्पत्ति फिर्ता गरिने छैन ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अदालतले आवश्यकठानेमा त्यस्तो सम्पत्ति विवाद टुङ्गो लाग्नु अगावै फिर्ता गर्ने गरी: आदेश गर्न सक्नेछ ।